गाँजा सहित १ जना पक्राउ ।

पौष १ गते,विराटनगर – सुनसरीको दुहवी नगरपालिका-९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित मंगलवार दिउँसो १ जना पक्राउ परेका छन् ।
Sushmita Shah_Abadainik

पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *