पौष १ गते,विराटनगर – मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका-१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका-३ का २५ बर्षीय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Comments