पौष १ गते,विराटनगर – नेपालका सेफ सन्तोष शाह बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै ‘टप ४’ मा पुग्न सफल भएका छन् ।
‘बीबीसी वान’ मा जजहरुलाई नेपाली परिकार कोदोको खिर बनाएर उनी शीर्ष ४ को अन्तिम चरणमा पुगेका हुन्।
उनी अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन् ।
सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर (लोप भएको) आँपको ‘अमौरा’ बनाएका थिए ।
लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।
Comments