पाकिस्तानद्वारा बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा अध्यादेश जारी ।

पौष १ गते,विराटनगर –  पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने अध्यादेश जारी गरेको छ ।

नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।

Sushmita Shah_Abadainik
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले गत महिना स्वीकृति गरेको यस अध्यादेशमा मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले हस्ताक्षर गरेका हुन्र्।

पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ। त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ।

कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ।

बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन। विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *