ताप्लेजुङस्थित पाथीभरा मन्दिरका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन ।

पौष १ गते,विराटनगर –   ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ ।

अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Sushmita Shah_Abadainik
आफू राजस्थानमा जन्मिएको बताउँदै आएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

योगीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *