ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शाहीलाई आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

आइतबार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो । सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहिले विरोध गरेका थिए । विमानभित्र नै शाही लगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोस पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *