अब श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन पाउने ।

पौष १ गते,विराटनगर –   आगामी साताबाट बैदेशिक रोजगारमा गएका तथा जान चाहने श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् ।

सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नुका साथै यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।

Sushmita Shah_Abadainik

यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सकिने छ । यसका लागि विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ ।

आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् ।  त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

श्रमिकले दुई पटकसम्म मात्र विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *