श्रीराम सुगर मिलले किसानलाई भुक्तानी गर्ने ३५ करोड खातामा जम्मा गर्यो ।

पौष २ गते, विराटनगर –  सरकारले उखु किसानहरुले पाउने बक्यौता रकम चिनी मिलहरुलाई तत्काल भुक्तान गर्न अन्यथा मिलका संचालकहरुलाई पक्राउ गर्न भनि दिएसंगै श्रीराम सुगर मिलले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम खातामा जम्मा गरेको छ ।

Sushmita Shah_Abadainik

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले भुक्तानी गर्न बाँकी रहेको ३५ करोड रुपैया खातामा जम्मा गरिसकेको जानकारी गराएका छन् ।

किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार) देखि नै किसानको खातामा पठाउन थाल्ने र अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।

उखु किसानहरु बक्यौता रकम असुल गरिदिन माग गर्दै माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *