पौष २ गते, विराटनगर – भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणको गुनासो आएपछि बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।
जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्।
Comments