सन्तोष साह ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को टप तीनमा मात्रै सिमित ।

पुष ३ गते,विराटनगर – नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को टप तीनमा मात्रै सिमित भएका छन् । प्रतियोगिताको बिहीबार भएको ग्राण्ड फिनालेमा बेलायती २५ बर्षिय सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् ।

३२ जना प्रतियोगी सहभागी प्रतियोगितामा उनले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरु सामु पस्किएका थिए ।

Sushmita Shah_Abadainik
नेपाली खाना बनाएर ग्राण्ड फिनाले सम्म पुग्ने उनी पहिलो नेपाली सेफ हुन् । यहाँ सम्म पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । ग्राण्ड फिनालेमा पुगेका सन्तोषले उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।

उनले प्रतियोगितामा नेपालीलाई चिनाउने ढाका टोपी र भादगाउँले टोपी पनि लगाएका थिए । बिहीबारको ग्राण्ड फिनालेमा सन्तोष ढाका टोपीमा सजिएका थिए । उनीबारे तयार पारिएको सामग्रीमा उनले नेपालको राष्ट्रिय झण्डासमेत प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *