पौष ५ गते,विराटनगर – गएराती विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ ।
विराटनगरको झटियाई आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्माको जलेर मृत्यु भएको हो । आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् ।
घुर ताप्न बालेको आगोबाट फुसको घरमा आगलागि भएको प्रहरीले जनाएको छ । दमकलको सहायताले प्रहरी र स्थानियले बिहान मात्र आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट भएको क्षतिको बिवरण भने आउन बाँकी छ । आगलागीको विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
Comments