प्रतिनिधिसभाको बैठक कांग्रेसद्वारा अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेमा जागरण अभियानका क्रममा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको घटनालाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नआएको भन्दै कांग्रेस सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपा नेताकै निर्देशनमा जागरण कार्यक्रम विथोल्नका लागि आक्रमण गराईएको आरोप लगाए।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाए । उनले घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिईएको र संलग्न अन्यको खोजी भइरहेको जानकारी पनि संसदलाई दिए ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको आरोप लगाए । कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै घटनाका दोषीलाई कार्वाही नगरेसम्म सदन चल्न नदिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *