अंशबण्डाको बिषयमा झगडा हुँदा १ जनाको मृत्यु ।

पौष ५ गते,तेह्रथुम –  तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै-झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ

साथै हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।

Sushmita Shah_Abadainik
शुक्रवार राती साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको छ । साथै कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *