दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते ।

पौष ५ गते,विराटनगर –  दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार  दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।

Sushmita Shah_Abadainik
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ । उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *