पेलेको कीर्तिमानीको बराबरीमा पुगे मेस्सी ।

पौष ५ गते,विराटनगर –  स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा शनिबार कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि करियरको ६४३ औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बनाएका हुन् ।
Sushmita Shah_Abadainik

निउवेल्स ओल्ड बोइजबाट स्पेन आएयता मेस्सीले आफ्नो पूरै करियर बार्सिलोनामा बिताएका छन्। सन् २००४ मा फ्रांक रायकार्डले डेब्यू दिए यता मेसीले दर्जनौ कीर्तिमान बनाइसकेका छन्।

भ्यालेन्सियाबिरुद्ध शनिबार राति पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका हुन्।

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए।

मेसीले बार्सिलोनाका लागि १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् । उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *