राष्ट्रपति समक्ष ओलीको संसद विघटनको सिफारिस सँगै वैशाखमा मध्यावदी निर्वाचन गर्ने प्रस्ताव ।

पौष ५ गते,विराटनगर – संसद विघटनको सिफारिस गरेसँगै राष्ट्रपति लाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ को वैशाखमा मध्यावदी निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटनको सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन भएको छैन ।

यसअघि मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । जसलाई राष्ट्रपतिले पनि तत्कालै जारी गरेपछि भण्डारीको निकै आलोचना भएको थियो ।

Sushmita Shah_Abadainik
विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिए तापनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सरकार गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ ९७० मा प्रावधान छ ।

तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका छन् ।

प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *