पौष ५ गते,विराटनगर – संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन्।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको मन्त्रीपरिषद् निकट श्रोतले जनाएको छ ।
दाहाल पक्षधर नेताहरु उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरु रामबहादुर थापा, लेखराज भट्ट, भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।
Comments