पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन ।

पौष ५ गते,विराटनगर –  पोखरामा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा-विद्यार्थीले पुत्ला जलाएका हुन् ।

Sushmita Shah_Abadainik
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।

सत्तापक्ष युवाहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

सयौंको संख्यामा उपस्थित युवाहरुले प्रधानमन्त्री ओलीबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘केपी ओली मुर्दाबाद’, ‘केपी चोर देश छोड’, ‘संसद विघटन गर्न पाइदैन’लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *