पौष ५ गते,विराटनगर – आठ दिनदेखि माइतीघरमा आन्दोलनरत उखु किसान सरकारसँग वार्तामा बस्न तयार भएका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीको माइतीघरमा बसेको आकस्मिक बैठकले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।
आगामी वार्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनेछ ।
उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएको भन्दै मंसिर २८ गतेदेखि सर्लाहीसहितका ६ जिल्लाका उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।