काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंगलवार बस्ने ।

पौष ५ गते,विराटनगर –  नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी मंगलवार बस्ने भएको छ ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको सन्दर्भमा काँग्रेसले छलफलको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Sushmita Shah_Abadainik
बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *