तराईमा कोभिड-१९ बाट प्रभावित दलित परिवारलाई ६ लाखको राहत प्रदान ।

पौष ६ गते,विराटनगर  –  नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा राहत वितरण गरेको छ ।
मञ्चले कोभिड-१९ बाट प्रभावित दलित विपन्न समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

पत्रकार चन्द्रकिशोरको संयोजनमा भएको उक्त दलित लक्षित राहत कार्यक्रममा पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको थियो ।
Sushmita Shah_Abadainik
तराईका तीन जिल्लामा ४ सय परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, तेल, नून र मास्क १-१ प्योकट, नुहाउने र लुगा धुने साबुन गरी जाजरकोटमा १०३ र कालीकोटमा १६३ परिवारलाई राहत वितरण गरिएको छ ।
मञ्चले तराईका दलितका लागि मात्रै ६ लाखको राहत प्रदान गरेको उनले बताए ।

अष्ट्रेलियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुसँग रकम संकलन गरी नेपालका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष सुरेन्द्र सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *