पौष ६ गते,विराटनगर – बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेका हुन् ।
यसरी बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक किन र कसले राखेको हो भनि स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको छ ।
Comments