फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा रंग मिडियाकर्मि संकल्पको निर्देशनमा फरक मैथिली गीतको भिडियो छायांकन सम्पन्न संचारकर्मी बिरेन्द्रको खेले मैथिली गीतको भिडियो, दशैमा भिडियो सार्बजनिक मोडल मेलिको कमब्याक मैथिली गीतको म्युजिक भिडियोबाट, भिडियो दशैमा सार्बजनिक गरिने ईटहरी/ मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा सम्पन्न भएको हो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन् । म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ । परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले निर्देशन गरेका हुन । गायक ठाकुरकै सब्द तथा संगीत रहेको गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन् । नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ । यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए । गीत फरक स्वादको भएसंगे भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताए । भिडियो दशैमा रिलिज गरिने छ ।
“तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न

अन्य सामग्री

माल्भिका सुब्बा भन्छिन्ः लकडाउन खुलेपछि घरमा खेती सुरू गर्छु
लकडाउन डायरी माल्भिका सुब्बा लकडाउन सुरू भएदेखि होइन, त्योभन्दा एक साता अगाडिदेखि घरबाट निस्किएकी छैनन्। लामो समयदेखि घरै बसिरहँदा उनको दिनचर्या त फेरिएकै छ, त्यो दिनचर्याको उनलाई आदतसमेत परिसकेको छ। ...

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि
२१ वैशाख, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ...

गायिका सुनिता थेगीमको आवाजमा ”शंकाले लंका जलाउछ ” भिडियो सहित ।
नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रे...
Comments