पौष ७ गते,विराटनगर – फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेभन्दा पहिला नै बैठक मंगलबार बिहान १०ः४५ बजे बाट सुरू भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ओलीनिकटको केन्द्रीय समिति बैठकले के निर्णय गर्छ भन्नेमा आमचासो छ।
प्रचण्ड-नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।
Comments