मोरङमा नेकपा र जसपा ले स‌ंसद विघटनको विरुद्धमा संयुक्त प्रतिवाद गर्ने ।

पौष ७ गते,विराटनगर –  मोरङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले स‌ंसद विघटनको विरुद्धमा संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।  सोमबार नेकपा प्रदेश कार्यालय विराटनगरमा बसेको बैठकले सोमबारबाटै संसद विघटनकोविरुद्धमा संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

Sushmita Shah_Abadainik
सर्वदलीय छलफलमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका जिल्ला र केन्द्रीय नेताहरु सहभागी थिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको नेकपा मोरङका सचिव गणेश उप्रेतीले जानकारी दिए ।  संसद् विघटनको विरोधमा जिल्लाभरी संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय भएको उनले बताए । बैठकमा प्रधानमन्त्री ओली पक्षका नेताहरु भने सहभागी थिएनन् ।

प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेताहरु आन्दोलनको तयारीमा जुटिरहँदा ओली निकट युवाहरुले भने पार्टी कार्यालय पाञ्चालीमा भेला आयोजना गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *