सवारी दुर्घटना २ जनाको मृत्यु ।

पौष १० गते,विराटनगर –  झापा र उदयपुरमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बिहिवार दिउँसो सवा ४ बजेको समयमा झापाको कन्काई नगरपालिका-४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।

ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका-४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाई ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागी बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकलमा पछाडी सवार रहेका चन्द्र कुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको तथा ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

Sushmita Shah_Abadainik

यसैगरी उदयपुरको कटारी नगरपालिका-१ चुरिया जंगलमा ना ३ ख ४३२१ नम्बरको मालवाहक ट्रकले प्रदेश ३-०२-०१३ प ००७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बिहिवार साँझ पौने ६ बजेको समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको उक्त टरकले ठक्कर दिंदा मोटरसाईकल चालक दुधौली नगरपालिका-११ का ५० बर्षीष दिपक कार्कीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *