मन्त्रिपरिषदको बैठक आज साँझ ६ बजे बस्ने ।

पौष १० गते,विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
मन्त्रिपरिषदको बैठक आज साँझ ६ बजे बस्ने भएको छ। यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

Sushmita Shah_Abadainik

गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो ।

सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफ्ना पक्षधर नेतालाई मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *