भारतबाट चोरी पैठारी गरी ल्याएको ५ लाख भन्दा बडिको सुर्तीजन्य पदार्थ बरामद ।

पौष १० गते,विराटनगर – भारतबाट चोरी पैठारी गरी ल्याएको करिव ५ लाख रुपैया भन्दा बडिको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आज विहानको राती १ बजे ईटहरी उपमहानगरपालिका-५ कलङ्की एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।

Sushmita Shah_Abadainik

मिनी ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका-५ का ३६ बर्षीय कैसर आलमलाई नियन्त्रणमा लिईएको छ भनि ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोशी गाउँपालिका-५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामत समेतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसरी बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मुल्य ५ लाख १६ हजार रुपैया कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाइ आवश्यक कारबाहीको लागी लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *