इटहरी । प्रतिनिधि सभाको विघटनसंगै वाग्मती प्रदेसका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि प्रदेस नम्बर १मा समेत प्रदेस सरकारका विषयलाई लिएर राजनैतिक तरगं शुरु भएको छ । यस क्रममा प्रदेस नम्बर १ सरकारका मुख्यमन्त्री शेरधन राईको पद समेत धरापमा पर्न सक्ने सम्भावना बढेर गएको छ ।
तत्कालिन समयमा बहुमतमा रहेको नेकपाले सरकार गठनका लागि ससंदीय दलको नेता चयन गर्ने क्रममा भएको मतदानमा हालका मुख्यमन्त्री शेरधन राईले २६ मत र पाटीका प्रदेस इञ्चार्ज समेत रहेका भीम आचार्य २५ मत पाएका थिए । एक मतको झिनो अन्तरले मात्र संसदीय दलका नेता बन्न सफल भई मुख्यमन्त्री बनेका राईलाई पद जोगाउनका लागि अन्यदलसंग समिकरण गर्नु पर्ने अवस्था सृजना हुने देखिन्छ । संसदीय दलको नेता चयनका क्रममा राईमा पक्षमा देखिएको मत समेत घटेका कारण राईको पद धरापमा परेको दावी गरिएको छ । मुख्यमन्त्री राई हाल काठमाडौमा रहेका छन।
प्रचण्ड माधव पक्षले बाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि अन्य प्रदेस सरकारका विषयलाई लिएर राजनैतिक तरंग शुरु भई रहेको समयमा प्रदेस नम्बर १मा समेत त्यस असर पर्ने देखिएको हो । प्रदेस नम्बर १ नेकपाका संसदीय दलका उपनेता समेत रहेका टंक आङबोले हामीसंग कुरा गर्दै केन्द्रबाट अहिले सम्म प्रदेस सरकारका विषयमा कुनै किसिमको निर्देशन नआएको वताए । पाटीले आन्दोलनका कार्यक्रम घोषणा गरेकाले आफुहरु त्यता केन्द्रीत भएको समेत आङबोले जानकारी दिए ।
यता प्रदेस नम्बर १मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई नसकेपनि प्रदेस सरकार गठनको विषयले चर्चा पाउन थालेको छ । प्रदेस सरकार गठनका लागि नेकपा का दुवै पक्षसंग स्पष्ट बहुमत नपुग्ने भएकाले प्रमुख प्रतिपती नेपाली काँग्रेस र साना दलसंग समिकरण गर्नु पर्ने अवस्था देखिन्छ । प्रदेस नम्बर १ प्रदेस सभामा २१ सदस्य रहेको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रदेस सरकार गठनका लागि निर्णायक हुने देखिए पनि काँग्रेसले हाल सम्म कुनै पनि निर्णय गरेको छैन । प्रदेस नम्बर १मा सरकारको भविश्य अन्यौलमा परेसंग मुख्यमन्त्रीको लागि प्रचण्ड माधव पक्षबाट प्रदेस इञ्चार्ज भीम आचार्य , हालका संसदीय दलका उपनेता टंक आङबो हालका आर्थिक मामिला मन्त्री इन्द्र आङबोको नाम चर्चा रहेको छ भने ओली पक्षबाट हालका मुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईको चर्चामा रहेको छ ।
Comments