पौष ११ गते,विराटनगर – भारतीय नक्कली नोटसहित मोरङ प्रहरीले दुईजना भारतीयलाई पक्राउ गरेको छ ।
आइतबार बेलुका इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले रङ्गेली–८, दर्बेसाबाट भारतको बौका चोप्राहाका कुन्दन मण्डल र भारतको तिरा बस्ने शिवरन्जन सिंहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट भारतीय दुई सय दरका जम्मा १७ हजार सात सय रुपैयाँ फेला पारेको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल र एक थान मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
Comments