प्रदेश नम्बर १ का एक मन्त्री र दुई जना राज्यमन्त्रीले दिए राजीनामा ।

पौष १२ गते,विराटनगर –  प्रदेश नम्बर १ मा एक मन्त्री र दुई जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

Sushmita Shah_Abadainik
सामाजिक विकास मन्त्री जीवन घिमिरे,सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

सासंद विघटनको असर प्रदेशमा पनि देखिएको छ। मन्त्री र राज्यमन्त्रीको राजिनामा पश्चात मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको छ ।

शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।

पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *