प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता ।

पौष १२ गते,विराटनगर – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । आज नेकपाका प्रचण्ड-नेपाल पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो ।
बिहान साढे १० बजे ३७ जना सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्तावमा दर्ता गरेको प्रदेश सभा सदस्य इन्द्र आङ्बोले बताए ।
Sushmita Shah_Abadainik

६७ जना पुर्ब नेकपाको सदस्यहरुमा ३७ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश सभामा सचिवालयमा सचिव गोपाल प्रसाद पराजुली समक्ष अविस्वासको प्रस्ताव दर्ता गरेको हो ।
उक्त पक्षले प्रदेश सभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीमा सिफारिस गर्न पनि प्रस्ताव गरेको छ ।

प्रदेश १ मा जम्मा ९३ सांसद छन् । नेकपा मात्र ६७ सांसद रहेकामा प्रचण्ड-नेपाल पक्षका ४० बढी सांसदहरु छन् भने मुख्यमन्त्री शेरधन राईको पक्षमा २० जना मात्र सांसदहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *