अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

पौष १३ गते,सुनसरी-  सुनसरीको धरान उप-महानगरपालिका-१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् ।

मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

Sushmita Shah_Abadainik

प्रहरीले निजको मेडिलक हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामा रहेको ७००० ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX  खुल्ला अबस्थामा रहेको ९८० ट्याब्लेट बरामद गरेको छ ।

अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *