लागुऔषधको कारोवार गर्ने १ महिला सहित ४ जना पक्राउ ।

पौष १३ गते,सुनसरी –  सुनसरीको ईनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।

Sushmita Shah_Abadainik

निजहरुको साथबाट प्रहरीले लागुऔषध Dialex-DC 100 ML को ५३ बोतल, लागुऔषध Nitrosun १६० ट्याब्लेट,Dialex-DC को बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १-०२-०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *