लागुऔषध सहित १ जना पक्राउ ।

पौष १४ गते,उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमममा नवराजपुर नगरपालिका-६ सिराहाका २४ बर्षीय पवन चौधरी रहेका छन् ।
Sushmita Shah_Abadainik

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले NOOPHINE २३ एम्पुल , PROMETHAZINE २३ एम्पुल, DIAZELAB २३ एम्पुल गरि जम्मा ६९ एम्पुल र मोवाईल २ थान समेत बरामद गरेको छ ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *