ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु ।

पौष १४ गते,झापा –  झापाको शिवसताक्षी नगरपालिका-१० मा आज बिहान १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाईते भएका आचार्यको बिर्तामोडको बि।एण्ड।सी। अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *