धर्मेन्द्रले विवाहको वर्षगाँठको अवसरमा आफ्नी श्रीमतीलाई दिए चन्द्रमाको जग्गा उपहार ।

पौष १४ गते,विराटनगर – भारतका चर्चित व्यापारी धर्मेन्द्र अनिजाले आफ्नो विवाहको आठौं वर्षगाँठको अवसरमा आफ्नी श्रीमतीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन् ।
Sushmita Shah_Abadainik

राजस्थानस्थित अजमेर जिल्लामा बसोवास गर्ने उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् ।

धर्मेन्द्र भन्छन्, “चन्द्रमामा जग्गा खरिद सहज छैन । थुप्रै स्थितीको सामना गरेर सपनाका लागि चन्द्रमामा जग्गा खरिद गर्ने सपना पूरा गरेको हुँ ।”

 

बीबीसी हिन्दीका अनुसार, सपनाको नाममा चन्द्रमामा १४.३ नर्थ ल्याटिट्युड ५.६ ईस्ट लन्गिट्युड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड (२३ रोपनी) जमिन खरिद गरिएको छ ।

ब्राजिलमा टूर एण्ड ट्राभलको व्यापार गर्दै आएका धर्मेन्द्र पछिल्लो करिब १० महिनादेखि आमा–बुवा,श्रीमती र एक बर्षकी छारीसंग अजमेरमा नै बस्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *