भारतमा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रजाति ।

पौष १४ गते,विराटनगर –  पछिल्लो समय फेला परेको कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट)  भारतमा पनि भेटिएको छ ।
Sushmita Shah_Abadainik

बेलायतबाट भारत फर्किएका ६ जनामा उक्त भाइरस देखा परेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार उक्त नयाँ भाइरसका संक्रमितहरू बेंगलोर, हैदराबाद र पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको र सम्पर्कमा आएकोहरूको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।

पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएको र तीमध्ये ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । तर तीमध्ये ६ जनामा मात्र नयाँ प्रकारको कोरोना देखिएको हो ।
यसरी संक्रमित हुनेहरू बढ्न सक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *