भारतले प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटायो ।

पौष १४ गते,विराटनगर  – भारतले नेपाललगायतका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयलय अन्तर्गतको बाह्य व्यापार विभागले भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ ।

Sushmita Shah_Abadainik
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तर्गत बाह्य व्यापार विभागले साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । तर उक्त निर्णयको कार्यान्वयन भने एक जनवरी २०२१ बाट मात्र लागू हुनेछ ।

आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *