पौष १४ गते,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपालपक्षले संसद पुनःस्थापनाको माग गर्दै विराटनगरमा पनि विरोध प्रदर्शन गरेको छ ।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा भेला भएर सहभागीहरुले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले प्रतिनिधि सभा पुनःस्थापना गर, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गरौं, स्वाच्छाचारी हर्कत बन्द गर, विधिको शासन कायम गर, प्रतिगामी षड्यन्त्र मुर्दाबाद, असंवैधानिक प्रतिगामी षडयन्त्र असफल पारौं, पार्टी एकता जिन्दाबाद, जनताको जनवाद जिन्दाबाद, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दावादलगायतका नारा लगाएका थिए ।
उक्त विरोध ¥यालीपछि आयोजित विरोध सभालाई नेकपाका केन्द्रीय नेताहरु शिव कुमार मण्डल, अमनलाल मोदीलगायतले सम्बोधन गरेका थिए ।
Comments