बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

पौष १९ गते,विराटनगर – मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *