नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधरणसभा सम्पन्न ।

पौष १९ गते,विराटनगर –  नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधरणसभा शाखाका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा मिति २०७७ पुस १७ गते शुक्रबार विराटनगरस्थित होटल एसियाटिकमा सम्पन्न भएको छ ।
Sushmita Shah_Abadainik

उक्त साधरणसभामा सचिव अर्जुनकुमार आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सन्तोष सिग्देलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र प्रस्ताव लेखन समितिका संयोजक डिल्ली पोखरेल, सदस्य विजयहरि खतिवडा, महाप्रसाद खतिवडा, ललिता भट्टराई र उमा पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

उक्त सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा यो साधारणसभा दृढतापूर्वक उभिने जाहेर गरि कोभिड–१९ बाट सिंगो पत्रकार जगत प्रभावित भएकोले तत्काल उचित राहत प्रदान गर्न सरकारसँग माग समेत गरेको थियो ।

पत्रकार आचारसंहितालाई पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीय प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक कदम सच्याउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्न समेत माग गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *