पौष २० गते,विराटनगर – विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ ।
कार्यालय प्रमुख प्रेम सञ्जेलका अनुसार आइतबार रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले कार्यालयको पूर्व तर्फको सीसाको झ्याल फोडेका हुन् ।
सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् ।
सञ्जेलले उनीहरुलाई कारबाही गर्न प्रहरीमा निवेदन पनि दिएका छन् ।
Comments