विष्फोटक पदार्थसहित विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ ।

पौष २० गते,विराटनगर –  नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik
पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूको साथबाट दुर्गबहादुर बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ समेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *