आफ्नै बुबाबाट १३ वर्षीय छोरी बलात्कृत, गर्भ पतन गराउन अस्पताल लैजादा खुल्यो रहस्य ।

पौष २० गते,विराटनगर –  आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्रो पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षीय पुरुष रहेका छन् ।

Sushmita Shah_Abadainik
पक्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक पटक जवरजस्तीकरणी गरेको आरोप छ ।

बलत्कारबाट गर्भ रहेपछि करिब पाँच महिनाको गर्भ पतनका लागि निज पुरुषले गाउमै गर्भपतनको प्रयास भएको थिए । तर किशोरीको अवस्था जटिल भएपछि नोबेल मेडिकल कलेज विराटनगर ल्याइएको थियो ।

अस्पतालमा गर्भवती बालिकालाई सोधीखोजी गर्दा आफ्नै बुबाले नै करणी गरेको रहस्य खुलेको थियो। घटनाको रहस्य खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ती पुरुषलाई शुक्रवार अस्पतालबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।  प्रमाणिकरणका लागि प्रहरीले ‘गर्भपतन गरेको बच्चाको डिएनए जाँचका लागि पठाएको छ । जसको रिपोर्ट आउन बाँकी छ ।

आरोपीत पुरुषलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको र उनी उपर कानुनी कारबाही अघि बढाउने तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *