पौष २० गते,विराटनगर – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट १२ : ४५ को श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।
मुनादेवीको अवकास प्राप्त सईको श्रीमती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका दुवै जनालाई हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments