पौष २० गते,विराटनगर – चितवनमा नेकपाको केपी शर्मा ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आएको विरोधमा प्रचण्ड-नेपाल समूहले कालो बेलुन उडाएका छन् ।
उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका थिए । उक्त बेलुनलाई पछि प्रहरीले झारेको थियो।
सोमबार नेकपाका दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका हुन् । भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। थापा ओली पक्षमा गएका छन्।
Comments