नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने ।

पौष २० गते,विराटनगर –  आगामी फागुनमा हुने भनिएको नेपाली काँग्रेसको १४औँ महाधिवेशन नहुने भएको छ ।

फागुनको ७ देखि हुने तय भएको महाधिवेशनको अर्को मिति नतोकिए पनि क्रियाशील सदस्यता वितरणको कार्यको अन्तिम विवरण पठाउने अवधि आगामी माघ मसान्तसम्म तोकिएको छ ।

Sushmita Shah_Abadainik
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ ।
बैठकले विरोध कार्यक्रमलाई प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *