खुकुरी प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

पौष २१ गते,ईलाम –  ईलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik

आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबरका अनुसार प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *