सवारी दुर्घटना २ जनाको मृत्यु ।

पौष २४ गते,विराटनगर –  ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

ईलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह-चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Sushmita Shah_Abadainik

बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्रकका सह-चालक मिक्लाजुङ गाँउपालिका-४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ ।

बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *